रोमाञ्चक जित निकाल्दै रियल मड्रिड कोपाको फाइनलमा

अतिरिक्त समयमा एन्टोनियो रुडिगरले गोल गरेपछि रियल सोसिडाडलाई हराउँदै रियल मड्रिड कोपा डेल रे को फाइनलमा प्रवेश गरेको छ।
मंगलबार राति भएको सेमिफाइनलमा रियल सोसिडाडसँग ४–४ को बराबरीमा रोकिएपनि समग्रमा ५–४ को जित निकाल्दै रियल कोपा डेल रे को फाइनलमा पुगेको हो।
सेमिफाइनलको दोस्रो लेगमा आज राति बार्सिलोना र एथलेटिको मड्रिड भिड्नेछन्। सेमिफाइनलको पहिलो लेगमा बार्सा र एथलेटिकोले ४–४ को बराबरी गरेका थिए।