ट्रम्पद्वारा टिकटक बेच्न चीनसमक्ष प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक बेच्न चीनलाई प्रस्ताव गरेका छन्।
त्यसका लागि उनले चीनमाथि लगाइएको कर समेत घटाउन सक्ने समेत बताएका छन्। टिकटक चिनियाँ कम्पनी बाइटेन्सको स्वामित्वमा छ।
ट्रम्पले प्लेटफर्मको लागि गैरचिनियाँ मालिक खोज्न अप्रिल ५ को समयसीमा बढाउन समेत इच्छुक रहेको बताएका छन्।
यसअघि, बाइडेन प्रशासनले टिकटकमाथि प्रतिबन्ध लगाउने कानून पारित गरे पनि जनवरीमा सत्तामा आएपछि ट्रम्पले त्यसलाई तीन महिनाका लागि पर सारिदिएका थिए।
राष्ट्रिय सुरक्षालाई कारक मान्दै अमेरिकाले टिकटक अमेरिकी कम्पनीलाई बेच्न वा प्रतिबन्धको सामनाका लागि तयार रहन चेतावनी दिएको थियो।
्