Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

आफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी

केहि समय पहिला सिंहदरबारमा आगो लगाईदिने चेतावनी दिएका काठमाण्डौ महानगरका प्रमुख बालेन शाहाले सरकारप्रति आईतबार साँझ कडा आक्रोस पोखेका छन् ।

अबको एक हप्तामा महानगरका कर्मचारीले तलब पाएनन् भने सबैलाई टुकुचामा गाडिदिने भन्दै देशको शासन व्यवस्थाप्रतिनै मेयर शाहाले कडा चेतावनी दिएका हुन्छ। उनले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन् –

महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत महिना देखी तलब पाको छैन, सरकारको दम्भले !

को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !

त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो !!

बर्तमान सरकारप्रति असन्तुष्ट मेयर बालेन शाहाले तारन्तर सरकार र शासन व्यवस्थाप्रति आक्रोस पोख्दै आएका छन्।

TOP