Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

चैत १५ मा प्रदर्शन हुँदै ‘डोरी’ : १० क्यारेक्टर पोस्टर एकसाथ सार्वजनिक

आगामी शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘डोरी’ को प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले एकसाथ १० वटा ‘क्यारेक्टर पोस्टर’हरू सार्वजनिक गरेको छ। पात्रहरुको परिचय झल्किने पोस्टर कलाकारको भुमिकामा आधारित छ । प्रदर्शनको संघारमा रहेको चलचित्र डोरीको सार्वजनिक पोस्टरहरूमा ‘खुसीको कथा, दोस्तीको कथा, जलनको कथा, योद्धाको कथा, डरको कथा, निराशाको कथा, लोभी साहुको कथा, तस्करीको कथा, सङ्घर्षको कथा, इमानदारीको कथा र पीडित ऋणीको कथा’ राखिएको छ। उक्त पोस्टरहरुमा चलचित्रका कलाकारहरू अरुण लामा, अञ्जना बराइली, राज पौडेल, राज थापा, प्रवीण खतिवडा, प्रकाश घिमिरे, नूतन, शिशिर बाङ्‌देल र कविता आले रहेका छन्। यसअघि पनि चलचित्रका एक कलाकार वीरेन्द्र सिंह कुशवहाको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको थियो।

चलचित्र डोरीको ट्रेलर केहि दिन अगाडि राजधानीको एक हलमा गरिएको थियो । कमेडीसँगै केही थ्रिल तथा हरर दृश्यहरू समेत रहेको ट्रेलर शीर्षक वरपर घुमेको छ। ट्रेलरबाट दर्शकमा अझ बढि चासो बढेको छ। साथै, चलचित्रको ‘चुच्चे ढुङ्गो’ शीर्षकको गीत पनि सार्वजनिक भएको थियो, जसमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको थियो।

‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन्। चलचित्रमा अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मी, लगायतका कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन्। चलचित्रको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, छायाङ्कन निर्देशक सौरभ लामा, मुख्य सहायक छायांकन ईश्वर सिन्केमान, सहायक छायांकन हिमाल श्रेष्ठ, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो रहेका छन्।

TOP