नयाँ स्वादको कमेडी शो “अँ… प्रश्न के हो?”

कमेडी च्याम्पियनको तेस्रो सिजनका प्रतिस्पर्धीहरूले नयाँ कमेडी शो “अँ… प्रश्न के हो?” सार्वजनिक गरेका छन्। यो शो युट्युब च्यानल ‘ओएसआर रियालिटी’ मार्फत प्रसारण भएकाे छ। शोको पहिलो एपिसोड बुधबार सार्वजनिक भएको छ भने हरेक हप्ता गरि जम्मा २६ एपिसोड प्रसारण हुने छ।
धादिङका प्रेम विश्वकर्मा, दैलेखका लोमनसागर रेग्मी र तनहुँका कृष्ण गैरेले यस शोको मुख्य भूमिका खेलेका छन्। उनीहरू कमेडी च्याम्पियन सिजन-३ का टप प्रतिस्पर्धी हुन्। शोको ट्रेलर मंगलबार सार्वजनिक भएको थियो, जसमा प्रेम विश्वकर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको क्यारेक्टर निभाएका छन्।
यो शो व्यंग्यात्मक अन्तर्वार्ताको फर्म्याटमा आधारित छ। हरेक एपिसोडमा कलाकारहरूले नयाँ-नयाँ क्यारेक्टरमा प्रस्तुति दिनेछन्। शोमा लेखन कृष्ण गैरे, लोमन सागर रेग्मी र प्रेम विश्वकर्माको संयुक्त रहेको छ भने निर्देशन विनोद श्रेष्ठले गरेका छन्।
शोको निर्माण पक्षले दर्शकहरूलाई नयाँ स्वादको कमेडी प्रस्तुत गर्ने बताएको छ। शोको भिडिओ सम्पादन सौरभ रेग्मीले गरेका छन् । युट्युब च्यानल ‘ओएसआर रियालिटी’ मार्फत प्रत्येक हप्ता शो प्रसारण हुनेछ।
अहिले उक्त शोले यूट्युवमा दर्शकहरूको राम्राे प्रतिक्रिया पाइरहेकाे छ ।