युरोपको रक्सीमा दुई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली युनियनबाट आउने रक्सीमा दुई सय प्रतिशत कर लगाउने चेतावनी दिएका छन्। ट्रम्पले आयातमा कर बढाउने निर्णय गरेपछि अमेरिकामा बनेको रक्सीमा ५० प्रतिशत कर लगाउने युरोपेली मुलुकको योजनापछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन्।
अहिले ट्रम्प अमेरिकाको व्यापारमा कर कटाउँदै सामान आयातमा कर लगाउने योजनामा छन्। अमेरिकाले आर्थिक समृद्धि मार्फत् नै सबै कुरा पार लगाउने योजना रहेको समेत उनले बताए। ट्रम्पको यो योजनालाई पहिलो विश्व युद्ध अघिको अवस्थाको रूपमा हेरिएको छ । सो समयमा आधा भन्दा बढी आम्दानीको श्रोत सामान आयात गर्दा लाग्ने कर नै थियो।