Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

अपराधी पक्रन गएका इन्सपेक्टरलाई स्थानीयले कुटेर मा*रे

भारत । भारतको बिहारमा अभियुक्त पक्रन गएका एक प्रहरी निरीक्षकलाई स्थानीयले कुटेर मारेका छन्। 

अपराधी पक्रिन दुई दिनअघि सहकर्मीसहित लक्ष्मीपुर गाउँ पुगेका इन्स्पेक्टर राजीवकुमार मल्ललाई स्थानीयले कुटेर मारेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ। 

फुल्काहा प्रहरी थानामा कार्यरत इन्सपेक्टर मल्ल मंगलबार राति लक्ष्मीपुर गाउँमा भीडको कुटपिटबाट मारिएका हुन्।  उनको टोलीले अभियुक्तलाई नियन्त्रणमा पनि लिइसकेको थियो। तर गाउँलेले आक्रमण गरी उसलाई प्रहरीबाट छुटाएका थिए। 

अपराधी बचाउने क्रममा इन्स्पेक्टर मल्लसँग गाउँलेको झडप भएको र उनलाई भीडले अन्धाधुन्ध आक्रमण गर्दा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

TOP