Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

सन्दीपसहित पाँच खेलाडी ग्रेड ‘ए’ मा, मासिक एक लाख

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली पुरुष तथा महिला क्रिकेट खेलाडीको वर्गीकरण गरेको छ। क्यानले गरेको नयाँ वर्गीकरणमा पुरुषतर्फ ग्रेड ‘ए’मा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आसिफ शेख गरी ५ खेलाडीलाई समावेश गरिएको छ।

गत वर्गीकरण हुँदा सन्दीप लामिछाने निलम्बनमा थिए। उनीबाहेक कप्तान रोहित, सोमपाल, करण, दीपेन्द्र, आसिफ र कुशल भुर्तेल ‘ए’वर्गीकरणमा थिए। अनिल शाह भने यसअघि डी मा थिए। ग्रेड ‘बी’मा करण केसी, कुशल भुर्तेल, गुल्शन झा, ललितनारायण राजवंशी र अनिल शाह गरी ५ खेलाडी छन्।

यसअघि बी श्रेणीमा रहेका कुशल मल्ल, आरिफ सेख र अविनाश बोहोराको पनि घटुवा भएका छन्। तीनजना सी मा घटुवा हुँदा बोहोरा डी मा झरेका छन्।   यस्तै, ग्रेड ‘सी’मा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल गरी चार जना छन्। विनोद भण्डारी र अर्जुन साउद वर्गीकरणमा नपर्दा प्रतिश जीसी एक तह घटुवा भएर डी मा पुगेका छन्।  

ग्रेड ‘डी’मा सागर ढकाल, लोकेस बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिस जिसी, अविनाश बोहरा छन्।क्यानले इमर्जिङ क्याटागोरीमा अर्जुन घर्ती, हेमन्त धामी, दिपेश कँडेल, रुपेश सिंह, अर्जुन कुमाल, शुभ कंसाकार र सन्तोष यादव लाई राखेको छ।

पुरुषतर्फ ग्रेड ‘ए’मा रहेका खेलाडीलाई मासिक एक लाख, ग्रेड ‘बी’कालाई ७० हजार, ग्रेड ‘सी’कालाई ५५ हजार, ग्रेड ‘डी’कालाई मासिक ३५ हजार र इमर्जिङ क्याटगोरीमा रहेका खेलाडीलाई मासिक २५ हजार रुपैयाँ तलब उपलब्ध गराइने क्यानले जनाएको छ।

TOP