अन्टारियोको चेतावनी : क्यानडाविरुद्ध नयाँ शुल्क लगाउन रोकिए ट्रम्प

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिएपछि क्यानडाका स्टिल, आल्मुनियम र अन्य धातुमा ५० प्रतिशत आयात शुल्क लगाउने योजना तत्काललाई रोकेका छन्।
तर, मार्च १२ अर्थात् आजदेखि लागू हुने भनिएको क्यानडाबाट आयातीत यी धातुमा २५ प्रतिशत भन्सार शुल्क कायम रहने उनले बताएका छन्।
ट्रम्पले भन्सार शुल्क घोषणा गरेपछि क्यानडाको अन्टारियो प्रान्तले उत्तरी अमेरिकाका केही राज्यमा पठाइने बिजुली रोक्ने चेतावनी दिएको थियो।
त्यसपछि ट्रम्पले २५ प्रतिशत नयाँ शुल्क लगाउन निर्णय रोकेका हुन्। अमेरिका र क्यानडा दुवैको अर्थतन्त्रका लागि घातक हुने दुई देशबीच चलिरहेको व्यापार युद्धका सन्दर्भमा यो महत्त्वपूर्ण कदम हो।
सन् २०२४ मा अमेरिकाबाट स्टिल आयात गर्ने देशमा क्यानडा सबैभन्दा अगाडि छ। त्यसो त यसबीच क्यानडाका आगामी प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पलाई व्यापार युद्ध जित्न नदिइने चेतावनी पनि दिएका थिए।