Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

बंगलादेशमा शेख हसीनासहित उनको परिवारको सम्पत्ति जफत हुने

काठमाडौं । विद्यार्थी आन्दोलनका कारण देश छाडेर भाग्न बाध्य भएकी बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसीनामाथि एकपछि अर्को गर्दै झड्का लागिरहेको छ । अब बंगलादेशमा उनको सम्पत्ति तथा बैंक खाता सिज गर्ने तयारी भएको छ ।

बंगलादेशको एक अदालतले भ्रष्टाचार निरोधक आयोग (एसीसी) को निवेदनमा हसिनाको परिवारको केही सम्पत्ति जफत गर्ने आदेश दिएको छ । अदालतले मंगलबार यस्तो आदेश दिएको हो । यसका साथै उनको परिवारको १२४ वटा बैंक खाताहरू पनि जफत हुने भएका छन् ।

अदालतले शेख हसिनाका पति, दिवंगत परमाणु वैज्ञानिक एमए वाजेद मियाको नाममा रहेको घर सुधासाधन पनि जफत गर्ने आदेश दिएको छ । यसका साथै हसिनाका छोरा, छोरी, बहिनी तथा उनकी छोरीको समेत सम्पत्ति जफत हुने भएको छ ।

TOP