Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

पाकिस्तानमा रेलका १०४ यात्री अपहरण मुक्त, १६ अपहरणकारी मारिए

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तबाट अपहरणमा परेका रेलका एक सय बढी यात्रुहरुको उद्धार गरिएको छ ।

मंगलबार हतियारधारी समूहले आक्रमण गरी रेलका यात्रुहरुलाई अपहरण गरी बन्धक बनाएका थिए ।यसको जिम्मेवारी अलगाववादी समूह बलुच लिबरेसन आर्मी ९बीएलए०ले लिएको छ ।

बीबीसीका अनुसार क्वेटा शहरबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसको रेलका यात्रीहरु हतियारधारी समूहको निशानामा परेका थिए । पाकिस्तानका गृहराज्यमन्त्री तलाल चौधरीका अनुसार जाफर एक्सप्रेसका धेरैजसो यात्रीहरुलाई रेलबाट ओरालेर पहाडी इलाकामा लगिएको थियो ।

लगत्तै सेनासहितको टोली उद्धारका लागि परिचालित भएको थियो । त्यसक्रममा १६ चरमपन्थी मारिएको र १०४ जना यात्रीहरुलाई उद्धार गरिएको बीबीसीले जनाएको छ । तीमध्ये ८० यात्री नजिकको अर्को रेलवे स्टेसन पुगिसकेका छन् । त्यहाँ उनीहरुको प्राथमिक स्वास्थ्य जाँच गरिने छ ।

रेलवे अधिकारीहरुका अनुसार उक्त रेलमा ९ डब्बा थिए । र, त्यसमा ४०० बढी यात्रुहरु थिए । हतियारधारी समूहले रेलको लिकलाई भत्काइदिएर रेल रोकेका थिए । उनीहरुले रेलमा गोली पनि चलाएको बताइएको छ ।

TOP