अत्तालिएर काठमाडौँ पुगेका प्रचण्डलाई माधवको साथ : ‘प्रचण्ड जी राजाको विरुद्धमा बोल्छु’

काठमाडौँ । मधेसबाट अत्तालिएर एकाएक काठमाडौँ पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो सास फेरेका छन् । जब उनी काठमाडौँ पुग्छन् त्यसपछि भने मेरो मुटु हल्लिएको छैन भन्दै घुर्की लगाउँछन् ।
छेपारोले झैँ बेला बेला रङ फेर्ने प्रचण्ड अहिले राजतन्त्र पक्षधरको घेरावन्दीमा परेका छन् । ‘पार्टीको हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण’ अभियान स्थगित गरेर पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध संघर्ष गर्ने भन्दै प्रचण्डसहितका माओवादीका नेताहरु सोमबार काठमाडौँ आइपुगेका हुन् ।
आइतबार पोखराबाट काठमाडौँ आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि सडकमा १५ हजार भन्दा बढि मानिस उत्रिएपछि कतै राजतन्त्र फर्किने त होइन ? भन्ने आशंकाले प्रचण्ड निकै डराएका थिए । प्रचण्ड काठमाडौँ पुगेपछि भने निकै उत्साहित बनेका छन् ।
सोमबार नै प्रचण्डले आफ्ना घनिष्ट मित्र नेकपा एकीकृत समाजवादीका नेता माधव नेपाललाई सिंहदरबारमा बोलाएर भेटवार्ता गरे । र, माधव नेपाललाई आफ्नो पक्षमा उभिन आग्रह गर्दै राजा विरुद्ध बोल्न भने । त्यसपछि माधव नेपालले पनि हुन्छ ‘प्रचण्ड जी’ भनेपछि प्रचण्ड निकै उत्साहित बनेका हुन् । माधव नेपालसँगको भेटपछि सिंहदबारबाट निस्किएका प्रचण्डलाई सञ्चारकर्मीहरूले राजावादीहरूको प्रदर्शनले मन, मुटु हल्लिएको हो ? भन्ने प्रश्न गरे ।
जवाफ दिदैँ प्रचण्डले भने ‘यो प्रदर्शनले केही हल्लाएको छैन । केही भएको छैन । केको डराउनु ? जनयुद्धको बेला त डराइन । अब राजावादीलाई सान्त बनाएर मात्रै पार्टीको कार्यक्रमका फर्किने छु’
प्रचण्डले बाहिर देखावटी रुपमा के को डराउनु ? भन्दै घुर्की लगाए पनि भित्रभित्रै उनी सशंकित बनेका छन् । प्रचण्डलाई अरु केही चिन्ता छैन । ‘राजतन्त्र आएपछि आफू प्रधानमन्त्री बन्न पाउने छैन र, विलासी जिवनबाट पनि बञ्चीत हुनु पर्ने होकी भन्ने प्रचण्डलाई चिन्ता लागको हो ।
२०६३ यता बनेका १९ सरकार मध्ये सबै भन्दा बढि सरकारमा सहभागि हुने पार्टी भनेकै माओवादी हो । कहिले कांग्रेस त कहिले एमालेसँग माओवादी सरकारमा सहभागि भइरहन्थ्यो । तर, गत असार १८ गते दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर माओवादीलाई सत्ताबाट बाइपास गरिदिएका छन् ।