Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

नारायणहिटी छोड्दा पूर्वराजासँग ५५ मिनेट गोप्य कुरा गरेका सिटौलाले गरे यस्तो खुलासा

काठमाडौँ । २०६५ जेठ १५ मा बसेको पहिलो संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य भएको घोषणा गरेको थियो ।  राजा ज्ञानेन्द्र शाहलाई १५ दिनभित्र नारायणहिटी दरबार छोड्न निर्देशन दिइएको थियो । 

र, राजा शाहलाई भेट्न उतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद सिटौलालाई दुतको रुपमा  पठाए । सिटौलाले राजा ज्ञानेन्द्रलाई भने, ‘संविधान सभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गरेको छ । अब तपाईले नारायणहिटी दरबारबाट जानुपर्छ केही माग भए मलाई भन्नुहोस् । तपाईलाई हामीले सम्मान पूर्वक विदाइ गर्नेछौँ । मलाई गरिजाबाबुले पठाएको हो । ’

जवाफमा ज्ञानेन्द्रले भने, ‘म तपाईँसँग एक्लै कुरा गर्न चाहान्छु।’  त्यसपछि सिटौला र शाहबीच ५५ मिनेट कुराकानी भएको थियो । राजतन्त्रको अन्त्य हुँदा राजाका निकट रहेका सिटौलाले आफूलाई ज्ञानेन्द्रको शक्ति थाहा भएको बताउदैँ कुनै पनि हालतमा राजतन्त्र नर्फिने बताएका हुन् । 

‘राजाबारे चर्चा हुने गर्छ, म आफै बिदा गर्न गएको हुँ, राम्रै सम्झाएको हुँ,’ ज्ञानेन्द्र शाहले नारायणहिटी छाड्नुअघि भेट्न आफू भेट्न र कुराकानी गर्न पुगेको स्मरण गर्दै पूर्वगृहमन्त्री सिटौलाले भने, ‘सरकारकै निर्णयले तत्कालीन अवस्थामा निवास नागार्जुनमा बस्न दिएको हो, सुरक्षा बन्दोबस्त गरेको हो, सरकारले चाह्यो भने हटाउन सक्छ।’

पूर्वराजा शाह पोखराबाट काठमाडौं आउँदा आइतबार काठमाडौंमा भएको स्वागतलाई लक्ष्य गर्दै उनले १५, २० हजार मानिस सडकमा आएर राजा चाहियो भन्नु ठूलो नभएको बताए।

‘म आफै गएर १ घन्टा बसेर सम्झाइ बुझाइ बाहिर पठाएको हुँ,’ नारायणहिटीबाट शाह बाहिरिनुअघि भएका कुरा सम्झँदै उनले भने, ‘कुन तागतका मानिस हुन् बुझेको छु, फर्केर आउँदैनन्। आत्तिनु पर्दैन।’

TOP