Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

कुलमानबारे मन्त्रीले दिएनन् ‘रिपोर्ट’

काठमाडौँ । नेपाल विद्युत प्राधिकरका कार्यकारी निर्देशक कुलमान घिसिङसँग तीन दिने स्पष्टीकरण सोधेको मन्त्रिपरिषद् बैठकले कुनै निर्णय गर्न सकेन।

सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा अरु निर्णय भए पनि कुलमानबारे कुनै निर्णय नभएको मन्त्रीहरूले बताएका छन्।

विभागीय मन्त्री (ऊर्जामन्त्री दीपक खड्का) ले मन्त्रिपरिषद्मा रिपोर्ट पेस नगरेकोले र त्यससम्बन्धी कुनै निर्णय पनि नभएको बैठकपछि नेपालखबरसँगको कुराकानीमा एक मन्त्रीले बताए।

अर्का एक मन्त्रीले पनि कुलमानबारे कुनै निर्णय नभएको बताए। उनले भने, ‘तपाईँले खोजेको विषयमा आज कुनै निर्णय भएन। खासै छलफल पनि भएन। अरुअरु विषय थिए। विभागीय मन्त्रीजीले पनि त्यसबारे कुनै रिपोर्ट दिनुभएन।’  

गत बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई सफाइ पेस गर्ने मौका दिने निर्णय गरेको थियो। त्यसका लागि ३ दिनको समय पनि तोकेको थियो।

मन्त्रिपरिषद्को निर्णयअनुसार ऊर्जा मन्त्रालयले कुलमानलाई बिहीबार चारबुँदे स्पष्टीकरण सोधेको थियो। कुलमानले त्यसको जवाफ आइतबार मन्त्रालयमार्फत दिइसकेका छन्।

यसअघि ऊर्जा मन्त्रालयले पटकपटक उनीसँग स्पष्टीकरण सोधिसकेको थियो।  उनको कार्यसम्पादन मूल्यांकनमा पनि मन्त्रालयले शून्य अंक दिएको छ।  

TOP