Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

युक्रेन युद्धविराममा अगाडि बढ्न तयार छ : अमेरिका

काठमाडौँ । अमेरिकाले युक्रेन रुससँग युद्धविराम सम्झौताका लागि तयार रहेको दाबी गरेको छ।

बीबीसीका अनुसार अमेरिकी विदेश विभागका एक वरिष्ठ अधिकारीले युक्रेनी नेतृत्व रुससँग युद्धविरामका लागि ‘अगाडि बढ्न तयार’ रहेको विश्वास ट्रम्प प्रशासनलाई रहेको दाबी गरेका हुन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज आफ्ना युक्रेनी समकक्षीहरूसँग वार्ता गर्न मंगलबार साउदी अरेबिया जाँदै छन् ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुससँग तत्काल युद्धविराम गर्न दबाब दिइरहेका छन्। तर ट्रम्पले युक्रेनलाई अमेरिकी सुरक्षा ग्यारेन्टीका विषयमा अहिलेसम्म कुनै वाचा गरेका छैनन्।

गत फेब्रुअरी २८ तारिख ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच चर्काचर्की परेको थियो। त्यतिबेला ट्रम्पले जेलेन्स्की शान्ति नचाहने आरोप लगाएका थिए।

तर पछि जेलेन्स्कीले विवाद गरेकामा पश्चाताप गर्दै ट्रम्पसँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन्। त्यसयता ट्रम्पले रुस र युक्रेनबीच शान्ति वार्ता गराउन पहल गरिरहेका छन्।

रुसले २०२२ फेब्रुअरीदेखि युक्रेनमा आक्रमण गरिरहेको छ र युक्रेनको लगभग २० प्रतिशत भाग कब्जा गरेको छ।

TOP