नारायणहिटीमा राजा : यी चार नेता एक ठाउँमा उभिए, के पूर्वराजालाई नजरबन्दमा राख्न सक्छन् ?

काठमाडौँ । पछिल्लो समय ‘राजा आउ देश बचाउ’ अभियानको माहोल बढ्दै गइरहेको छ । फागुन ७ गते प्रजातन्त्रको दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले अब समय आइसक्यो, यो भन्दा पनि बढि धैर्य गरेपछि जनताले धेरै दुख पाउनेछन् भन्दै पूनः नारायणहिटी दरबारमा फर्किन भित्रभित्रै तयारी गरेपछि देशभर राजतन्त्रको चर्चा हुन थालेको हो ।
सामाजिक सञ्जालमा पनि राजतन्त्रको पक्षमा जनमत बढिरहेको देखिन्छ । २०६२/६३ तिर ज्ञाने चोर देश छोड भन्दै सडक तताउने जनतामध्येका केही जनता अहिले राजा आउ देश बचाउ भन्दै नारा लगाउन थालेका छन् । राजनीतिक दलका नेताहरु प्रति पछिल्लो समय जनता निराश छन् । राजतन्त्रको अन्त्य भएको १८ वर्ष भइसक्दा पनि देशको अवस्था नफेरिए पछि जनताहरु आक्रोशित बनेका हुन् ।
एकातिर पूर्वराजा शाह सक्रिय भइरहेका छन् भने, अर्कोतिर जनता आफूहरुमाथि आक्रोशित हुँदा राजनीतिक दलमा पनि त्रास देखिन्छ । पूर्व राजा सक्रिय भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एक ठाउमा उभिएका छन् । उनीहरुले पूर्व रााजालाई डराउनको लागि आक्रामक अभिव्यक्ति दिइरहेका छन् ।
कुन नेताले के भने ?
पूर्वराजालाई जिस्काउदैँ ओलीले भने, ‘‘उहिले नेपाली जनताले फालेको राजतन्त्रलाई फेरि कताबाट, कहाँबाट उदिनेर ल्याउने रे ? कहाँबाट ल्याएर कहाँको कुर्सीमा राख्छन् अरे ? अनि मान्छे कुर्सीमा बस्दा राजा हुने भए त तपाईंहरू पनि कुर्सीमा बस्दा राजा हुनुभएको छ र ? वाइयात कुरा नगरेकै राम्रो,’
त्यस्तै देउवाले भने, ‘राजा स्वयं नै कारक भएर नेपालमा गणतन्त्र आएको हो । राजाले सत्ता सम्हालेपछि नेताहरूलाई यातना दिने, थुन्ने, जेल हाल्ने अलोकतान्त्रिक हर्कत गरे । ज्यादती गरेपछि गणतन्त्र आएको हो । गणतन्त्र स्थापना हुनुमा राजा स्वयं कारण हुन् ।’
त्यस्तै प्रचण्डले पनि राजालाई डराउदैँ भने, ‘‘ नेपाली जनताको बलबाट राजालाई गलहत्याइए हो, तर सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुनेछन् । इतिहास पछाडि फर्किँदैन । राजतन्त्र फर्काउने सपना नदेख्न म चेतावनी दिन्छु ।’
त्यस्तै माधव नेपालले भने , ‘राजतन्त्र फर्किने कुरा असम्भव छ । इतिहास भइसकेको कुरा फर्किएर आउने कुरै छैन । कोही त्याग, तपस्या, बलिदानको प्रतिमूर्ति भए, विकासको अभियन्ता भए, त्यस्तो व्यक्तिलाई ल्याएर सरकारको प्रधानमन्त्री बनाइदिए हुन्छ ।’
ओली, देउवा, प्रचण्ड र माधव नेपालले पूर्वराजालाई डराउन हर प्रयास गरिरहेका छन् । यदि धेरै गरेको खण्डमा शाहलाई पक्राउ गर्ने सम्मको तयारी भएको समेत हल्ला फैलिएको छ । राजनीतिक शिर्ष दलका नेताहरुले नै पूर्वराजा शाहको अभिव्यक्ति कानुन विपरित भएको बताउदैँ पक्राउ गर्न माग गरिरहेका छन् ।
पूर्वराजा शाहलाई नजरबन्दमा राख्न खोजेको आरोप
राजतन्त्रको पक्षमा उभिएका दुर्गा पर्साइँले पूर्वराजा शाहलाई नजरबन्दमा राख्न खोजेको आरोप लगाएका छन् ।
‘चनाखो रहनुहोस, फेरि अर्को कुचेष्ठा हुँदैछ । राजतन्त्र पुनः स्थापनाको माहोल देशव्यापी बनेपछी यो ओली सरकार अत्तालिएर श्री ५ महाराजधिराज ज्ञानेन्द्र बिरबिक्रम शाहदेव सरकारलाई नजरबन्दमा राख्ने र मलाई पुनः झुटा मुद्धा लगाई पक्राउको तयारी गर्दै गरेको समाचार मलाई बिष्वस्त सुत्रबाट प्राप्त भएको छ । यस क्षणमा बिभाजित होईन एकताबद्ध भएर राजसंस्था पुनः स्थापनाको आन्दोलनको आँधिबेहरी ल्याउन म सम्पुर्ण राष्ट्रभक्त नागरिकहरुमा आव्हान गर्दछु ।’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।