Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

बङ्गलादेशका पूर्वकप्तान मुस्फिकरको सन्न्यास घोषणा

काठमाडौँ । बङ्गलादेश क्रिकेट टिमका पूर्वकप्तान मुस्फिकर रहिमले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् ।

३७ वर्षीय विकेटकिपर ब्याटर मुस्फिकरले तत्काल लागू हुनेगरी एकदिवसीय क्रिकेटबाट सन्न्यास लिएका हुन् । मुस्फिकरले सन् २००६ मा न्युजिल्यान्डसँगको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

उनी बङ्गलादेशका लागि सबैभन्दा धेरै ओडीआई खेल्ने खेलाडीसमेत हुन् । उनले २७४ खेलमा ९ शतकसहित ७ हजार ७९५ रन बनाएका छन् ।

त्यस्तै विकेटकिपरको रूपमा २४३ क्याच तथा ५६ स्टम्पिङ गरेका छन् । उनले सन् २०११ देखि २०१४ सम्म बङ्गलादेश क्रिकेट टिमको कप्तानी गरेका थिए ।

पाकिस्तानमा अहिले भइरहेको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारत र न्युजिल्यान्डसँग पराजित हुँदै बङ्गलादेश समूह चरणबाटै बाहिरिएको थियो ।

TOP