एमाले सचिवालय बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । आज दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको छ ।
आजको बैठकमा सरकारले ल्याएको अध्यादेशबारे छलफल हुने बताइएको छ । सरकारले ल्याएको उक्त अध्यादेश सरकारमै रहेका दलहरूको असहयोगका कारण अघि बढ्न सकेको छैन ।
पुस अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकले भूमिसम्बन्धीसहित विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश संसदमा दर्ता भए पनि अघि बढ्न सकेको छैन । राष्ट्रियसभामा बहुमत नपुर्याउँदा अध्यादेश अघि बढ्न नसकेको हो ।
त्यस्तै बैठकमा सरकारको कामकारबाही बारेमा पनि छलफल हुनेछ । समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।