Trending

एमाले र कांग्रेसले देशलाई सही दिशामा लैजान सक्दैनन्: भीम रावल

काठमाडौं । मातृभूमि जागरण अभियान नेपालका संयोजक डा. भीम रावलले राष्ट्र र राष्ट्रियताका लागि स्वाभिमानी नेपाली एकजुट हुनुपर्ने बताएका छन् ।

शनिबार लमजुङको बेँसीशहर नगरपालिका-७ मा आयोजित पत्रकार सम्मेलनमा उनले देश राजनीतिक र आर्थिक रूपमा संकटोन्मुख अवस्था रहेकाले यसको समाधानका लागि सबै एकजुट हुनुपर्ने बताएका हुन् ।

‘कुनै दल वा व्यक्तिगत स्वार्थमा नलागी देश, जनताको पक्षमा सबै एकजुट हुनुपर्ने बेला आएको छ,’ उनले भने, ‘राजनीति  दलहरूले देश र जनताको लागि काम गर्न नसक्दा संकट पैदा भएको छ, यस्ता संकटबाट पार पाउन सबैको हातेमालो जरुरी छ ।’

देशलाई सही दिशामा लैजान दुई ठूला दल एमाले र कांग्रेसले संविधानअनुसार काम गर्न नसकेको आरोप उनले लगाए । रावलले राष्ट्र र राष्ट्रियताको पक्षमा उभिँदा पार्टीभित्रै आलोचित हुनुपरेको गुनासो पोखे ।

TOP