रुपन्देहीमा गोली प्रहार गरी एक जनाको हत्या

बुटवल । रुपन्देहीमा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ ।
जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय राकेशसिंह लोधमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले बताए ।
घरको बरन्डामा रगताम्मे अवस्थामा भेटिएकाले गोली प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
घटना बारे थप अनुसन्धान भइरहेको कार्कीले बताए ।