Trending

प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्। शुक्रबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास  बालुवाटारमा बस्नेगरी प्रधानमन्त्रीले संयन्त्रको बैठक बोलाइएका हुन्।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रधानमन्त्री ओलीले राजनीतिक संयन्त्रको बैठक बोलाएको जानकारी दिए। बैठकमा समसायिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुने घिमि रेले बताए।

तर, प्रधानमन्त्री ओलीको सचिवालयले भने प्रधानमन्त्रीले बैठक बोलाए पनि आजको बैठकमा प्रधानमन्त्री आफैँ भने सहभागी नहुने जनाएको छ। 

TOP