प्रचण्डसहितको टोली सप्तरीमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी जनतासँग माओवादी तराई मधेस जागरण अभियानमा खटिएको केन्द्रीय टोली आज पाँचौँ दिन सप्तरी पुगेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरू कोशी प्रदेशको विभिन्न स्थानमा भएका कार्यक्रममा सहभागी हुँदै सप्तरी पुगेको हो । आज सप्तरीमा विभिन्न कार्यक्रमको आयोजना हुनेछ ।