Trending

फ्लाइ दुबईबाट काठमाडौं उत्रिएका ३ महिलाको मलद्वारमा भेटियो झण्डै ४ केजी सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ७४५ ग्राम सुनसहित ३ जना पक्राउ परेका छन् । बुधवार राति फ्लाइ दुबईबाट नेपाल आएका ३ जना उज्बेकिस्तानको नागरिक सुनसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तीनै जना महिला रहेका छन् ।

४ जनाको टोली आएको मध्ये तीन जना महिलाको साथबाट साढे ३ किलो बढी सुन बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता लालबाबु सुवेदीले बताए ।

उनका अनुसार ४ जनामध्ये एक जना पुरूष हुन् । उनको साथबाट भने सुन बरामद नभएता पनि उनीहरू एउटै समूहका हुन् । तीन महिलाले मलद्वारमा डल्लो बनाएर ल्याएको प्रवक्ता सुवेदीले बताए ।

उनले भने, ‘उनीहरूको गतिविधि शंकास्पद रहेकाले विमानस्थलमा खटिएको प्रहरीले एक्सरेमा चेक जाँच गर्दा शंकास्पद देखिएपछि केएमसी लगेर भिडियो एक्सरे गरेर हेर्दा सुन देखिएको पाइयो ।’

TOP