Trending

१४ औँ पटक फाइनलमा चुक्यो नेपाल, उपाधि म्यानमारले लग्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल म्यानमारसँग पराजित भएको छ । दशरथ रंगशालाको मैदानमा भइरहेको खेल जितेर नेपालले इतिहास रच्नबाट चुकेको हो ।

नेपाल अहिलेसम्म १३ ओटा प्रतियोगिताको फाइनलमा पुगेको भए पनि उपाधि भने जित्न सकेको थिएन । यसपालि घरेलु मैदानमा नेपाललाई उपाधि जित्ने सुनौलो अवसर थियो। तर, नेपालले आजको खेलबाट त्यो अवसर पनि गुमाउदैँ १४ औँ पटक फाइनलमा चुकेको छ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको उपाधि म्यानमारले नेपालमाथि २ गोलको अग्रतासहित हात पारेको हो ।

TOP