Trending

महाशिवरात्रिमा सात लाख भक्तजनले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । यस वर्ष महाशिवरात्रिको अवसरमा करिब सात लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । बुधबार बिहानदेखि साँझसम्म करिब सात लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले बताए ।

‘आधिकारिकरूपमा कति जनाले दर्शन गरे भन्ने कुरा प्रचारप्रसार समितिले भोलिमात्रै सार्वजनिक गर्छ । अहिलेसम्मको तथ्यांकलाई हेर्दा करिब सात लाख भक्तजनले पशुपतिनाथको दर्शन गरे,’ उनले भने । 

कोषका प्रवक्ता रेवती रमण अधिकारीले दर्शनार्थीले भोलि बिहानसम्मै पशुपतिनाथको दर्शन गर्न पाउने बताए ।  

TOP