आज मौद्रिक नीति आउँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार चालू आर्थिक वर्ष ०८१/८२ को दोस्रो चौमासिक समीक्षा सार्वजनिक गर्दैछ ।
कार्यकालको अन्तिम समयमा बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्ष ०८१/८२ को दोस्रो चौमासिक समीक्षा सार्वजनिक गर्न लागेका हुन् । गभर्नर अधिकारी पाँचवर्षे कार्यकाल बिताएर २५ चैतमा सेवा निवृत हुन लागेका छन् ।
सेवाको अन्तिम समयममा उनले बाह्य अर्थतन्त्र सन्तुलन र मूल्य स्थिरताका लागि नीतिगत लचकता अपनाउने गरी मौद्रिक नीतिमा केही संशोधन गर्ने संकेत गरेका छन् ।
समीक्षाअघि बैंकरको सुझाव लिएका गभर्नर अधिकारीले पनि बैंकिङ क्षेत्रका लागि जारी गरिएकामध्ये केही नीति संशोधन गर्ने आश्वासनसमेत दिएका छन् ।