राष्ट्रसंघमा अमेरिकाले युक्रेनको विपक्षमा मतदान गर्यो

काठमाडौँ । रुस र युक्रेनबिच युद्ध सुरु भएपछि पहिलो पटक अमेरिकाले युक्रेनको विपक्षमा मतदान गरेको छ ।
संयुक्त राष्ट्र संघबाट सोमबार युक्रेनी भूभागबाट रुसी सेना तत्काल फिर्ता हुनुपर्ने प्रस्ताव अनुमोदन गरेको छ । यो प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत पर्दा ६५ देशले मतदानमा भाग लिएनन् ।
प्रस्तावलाई समर्थन गर्नेहरूमा जर्मनी, बेलायत र फ्रान्स जस्ता प्रमुख युरोपेली देशहरू छन् । जबकि अमेरिकाले भने विपक्षमा मतदान गरेको छ । यस्तै इजरायल र हंगेरीसँगै रुसले पनि यो प्रस्तावको विपक्षमा मतदान गरेका छन् । यो प्रस्ताव युक्रेनसँगको रुसको युद्धको तेस्रो वार्षिकोत्सवमा आएको हो ।
संयुक्त राष्ट्र संघमा यस प्रस्तावमाथि भएको मतदानमा भारत र चीनले भाग लिएनन् ।