Trending

बंगालको खाडी केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । भारतको पश्चिम बंगालमा मंगलबार (आज)  बिहान भूकम्प गएको छ। 

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार बिहान ६  बजेर १० मिनेटमा बंगालको खाडी केन्द्रबिन्दु भएर ५.१ रिक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा ९१ किलोमिटर गहिराइमा थियो। क्षतिको विवरण आइसकेको छैन। 

यसअघि फेब्रुअरी १७ मा बिहान ५:३६ बजे दिल्ली-एनसीआरमा ४.० म्याग्निच्युडको भूकम्प गएको थियो।

TOP