Trending

एनआरएन टेक्सासको आयोजनामा कानुनविद फुलारासँग अन्तरकृया कार्यक्रम हुँदै

गैर आवासीय नेपाली संघ टेक्सास च्याप्टरको आयोजनामा टेक्सासमा कानुनविदसँग अन्तरकृया कार्यक्रम आयोजना हुन लागेको छ। मार्च १ मा ड्यालस र मार्च २ मा अस्टिनमा अध्यागमन कानुन विशेषज्ञ अधिवक्ता बासु फुलारासँग छलफल तथा अन्तरकृया हुने भएको हो । यस अवसरमा उनले अमेरिकी सरकारले अध्यागमन क्षेत्रमा गरेको हालैका संशोधनहरू र यसले आप्रवासी तथा नेपाली समुदायमा पार्न सक्ने प्रभावबारे विस्तृत जानकारी दिने बताइएको छ ।

गत जनवरी २० तारिकमा डोनाल्ड ट्रम्पले अमेरिकाका ४७ औं राष्ट्रपतिको रूपमा पदभार ग्रहण गरेपछि आप्रवासी समुदायमा चासो र चिन्ता बढेको छ। ट्रम्प प्रशासनले गैरकानुनी र अपराधमा संलग्न आप्रवासीहरूलाई देशबाट निकाल्ने घोषणा गरेको छ, तर कानुनी रूपमा बस्दै आएका आप्रवासीहरूमा पनि चासो र अन्योलता देखिएको छ। यसै विषयमा नेपाली समुदायलाई जानकारी दिन एनआरएनए टेक्सास च्याप्टरले उक्त अन्तरक्रियाको आयोजना गरेको हो ।

TOP