Trending

अमेरिकामा निशुल्क स्वास्थ्य सेवा दिँदै नेपाली डाक्टरहरु

युलेस टेक्सासको श्री पशुपतिनाथ मन्दिर तथा बुद्ध बिहारमा नेपालीहरुले निशुल्क स्वस्थ्य सेवा लिएका छन् । आइतबार मोबाइल मेडिकल केयर युनिटको सहयोगमा नेपाली समुदायका ७१ जना व्यक्ति स्वास्थ्य सेवाबाट लाभान्वित भएका हुन् । लुम्बिनी सेवा समाज अमेरिका तथा कमल शर्मा फाउण्डेशनको संयुक्त आयोजनामा संचालन गरिएको उक्त कार्यक्रममा नेपालबाट गएका आमा बुवाहरुले विषेश लाभ लिएको लुम्बिनी सेवा समाजका अध्यक्ष जगदिश प्रसाद न्यौपाने जानकारी दिए । कार्यक्रम सफल पार्न नेपाली समाज टेक्सास, यूएन सी ओ एन, लाएन्स हेल्थ फाउन्डेसन, डालस हेल्थ लाएन्स क्लब, डालस एभ्रेस्ट लाएन्स क्लब लागातका संस्थाहरुले सहयोग गरेका थिए ।

उसो त अमेरिकामा कुनै पनि नागरिक उपचारबाट आर्थिक वा कुनै कारणले वञ्चित हुनुपर्दैन । अस्पताल पुग्ने बित्तिकै बिरामीको उपचार सुरु भइहाल्छ । साथै कोही व्यक्तिलाई कुनै गम्भीर प्रकारको रोग लाग्यो भने पनि उसलाई सरकार र अस्पतालले नै हेरचाह गर्छन् । नेपालमा कुनै दुर्घटना भयो र मानिस इमर्जेन्सी अवस्थामा अस्पताल पुग्यो भने अस्पतालमा पैसा जम्मा नगरी बिरामी भर्ना नै हुन पाउँदैन, जसकारण उसको उपचार नै सुरु हुँदैन । अमेरिकामा भने बिरामी अस्पताल पुग्ने बित्तिकै उसको परिवारमा सूचना नपुग्दा नै बिरामीको उपचार सुरु हुन्छ । उसको उपचारमा कति खर्च भयो त्यो सबै बिलपछि अस्पतालबाट छुट्ने बेलामा मात्र आउँछ । त्यो बेला बिरामीले तिर्न सकेनन् भने पछि पनि तिर्न सक्छन् । बेला बेला स्वास्थ्य परामर्श लिनुका साथै स्वास्थ्य अवस्थाको बारेमा थाहा पाउन जरुरी छ भन्ने सचेतना टेक्सासमा भएको यो कार्यक्रमले दिएको छ ।

TOP