Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

सुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

धनगढी, १२ फागुन ।
पश्चिम टुडे मिडियामा प्रकाशित ‘धनगढीको उज्यालो ः भ्रम र वास्तविकता’ शीर्षकको लेखलाई लिएर धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका समर्थकहरुले धम्क्याएपछि पत्रकार दीर्घराज उपाध्यायलाई सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका छन् ।
उपाध्यायद्धारा धनगढीका नागरिकहरुका तर्फबाट आएका गुनासाहरुको उठान गर्दै पश्चिम टुडे डटकम अनलाईन न्यूज पोर्टलमा २०८१ फागुन ५ गते सोमवार ‘धनगढीको उज्यालो ः भ्रम र वास्तविकता’ शीर्षकमा र मिति २०८१ फागुन ६ गते मंगलवार पश्चिम टुडे राष्ट्रिय दैनिकमा प्रकाशित ‘धनगढीको उज्यालो ः भ्रम र वास्तविकता’ र ‘मेयरले हाम्रो घाटी निमोठे विस्थापितहरु भन्छन्,बाँच्न गाह्रो भयो, वीष खान पैसा छैन’ शीर्षकमा र सोही दिन पश्चिम टुडे डटकम अनलाईन न्यूज पोर्टलमा ‘धनगढीको उज्यालो ः भ्रम र वास्तविकता भाग २’ शीर्षकमा समाचार लेखेका थिए ।
विकासका नाममा मुआब्जा बिना नै विस्थापित भएका र हमालको नीति र प्रतिशोधबाट प्रभावित ११ हजार भन्दा व्यक्तिले ‘धनगढीको उज्यालो ः भ्रम र वास्तविकता’ पहिलो भाग र ५ हजार हजार भन्दा बढि व्यक्तिले दोस्रो भाग सामाजिक सञ्जालमा शेयर गरेका थिए ।
दुई भाग प्रकाशित भएपछि हमालका समर्थकहरुले सामाजिक सञ्जाल र व्यक्तिगत रुपमा धम्क्याएको भन्दै पत्रकार उपाध्यायले सुरक्षाको माग गर्दै आईतवार कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाललाई निवेदन दिएका हुन् ।
नेपाल पत्रकार महासंघ सुदूर पश्चिम समितिका अध्यक्ष भरत शाहको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले समाचार लेखेकै कारण पत्रकारलाई धम्क्याउने, मानसिक तनाव दिने र समग्र पत्रकारिता क्षेत्रमाथि नै धावा बोल्ने कार्य लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी भएको बताए ।
महासंघका अध्यक्ष शाहले पत्रकार उपाध्यायको सुरक्षा र सामाजिक सञ्जाल तथा व्यक्तिगत रुपमा लक्षित गरी धम्क्याउने र मानसिक तनाव दिने व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरे ।
समाचार लेखेकै भरमा धम्क्याउने र मानसिक तनाव दिने कार्य कानूनको बर्खिलाप हो, प्रमुख जिल्ला अधिकारी गोगन हमालले भने, यो कानूनी राज्य हो । यहाँ बिधिको शासन छ । सामाजिक सञ्जालको दुरुयोग गर्दै धम्क्याउने, अनर्गल भ्रम फैलाउने र मानसिक तनाव दिने व्यक्तिलाई कानूनको दायरामा ल्याउने छु ।
उनले सूचना प्रविधिको दुरुपयोग गरी धम्क्याउने, अनर्गल भ्रम फैलाउने र मानसिक तनाव दिने कार्यले विद्युतीय कानून(साईवर ल) अनुसार कारवाही प्रकृया अघि बढाईने बताए ।
नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य योगेन्द्र बलायर, कैलालीका अध्यक्ष श्रवण देउवा, पूर्व अध्यक्ष हिमाल जोशी लगायतका पत्रकारहरुले पत्रकारिता क्षेत्रमाथि भईरहेका आक्रमण रोक्न र पत्रकारहरुको भौतिक सुरक्षाको ग्यारेण्टी गर्न प्रमुख जिल्ला अधिकारी गोगन हमालसंग आग्रह गरे ।

पत्रकारलाई धम्क्याउने कार्य बन्द गर–महासंघ

पश्चिम टुडे मिडियामा प्रकाशित ‘धनगढीको उज्यालो ः भ्रम र वास्तविकता’ शीर्षकको लेखलाई लिएर धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका समर्थकहरुले धम्क्याएको घट्नामा नेपाल पत्रकार महासंघले बिरोध गरेको छ ।
नेपाल पत्रकार महासंघ सुदूर पश्चिम प्रदेश समितिका महासचिव शिवराज भट्ट र नेपाल पत्रकार महासंघ कैलालीका सचिव तेजराज भट्टले आईतवार बिज्ञप्ति जारी गर्दै उपाध्यायलाई मेयर हमालका समर्थकहरुले सामाजिक सञ्जाल र व्यक्तिगत रुपमा धम्की दिएको घट्नाको निन्दा गर्दै दोषी उपर कारबाहीका लागि सरकारसंग जोडदार माग गरेका छन् ।
कुनैपनि समाचार र लेखका बारेमा चित्त नबुझेमा कानूनी उपचारका थुप्रै उपायहरु हुदाहुदै पत्रकारलाई धम्क्याउने कार्यप्रति पत्रकार महासंघ निन्दा गर्दछ, महासंघको सुदूर पश्चिम प्रदेश समितिका महासचिव शिवराज भट्ट र महासंघ कैलालीका सचिव तेजराज भट्टद्धारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ, त्यसैले धम्क्याउने कार्यमा संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई पत्रकार उपाध्याय र परिवारका सदस्यहरुको सुरक्षाका लागि सम्बन्धित निकायसंग जोडदार माग गर्दछौ ।
उपाध्यायद्धारा धनगढीका नागरिकहरुका तर्फबाट आएका गुनासाहरुको उठान गर्दै पश्चिम टुडे डटकम अनलाईन न्यूज पोर्टलमा २०८१ फागुन ५ गते सोमवार ‘धनगढीको उज्यालो ः भ्रम र वास्तविकता’ शीर्षकमा र मिति २०८१ फागुन ६ गते मंगलवार पश्चिम टुडे राष्ट्रिय दैनिकमा प्रकाशित ‘धनगढीको उज्यालो ः भ्रम र वास्तविकता’ र ‘मेयरले हाम्रो घाटी निमोठे विस्थापितहरु भन्छन्,बाँच्न गाह्रो भयो, वीष खान पैसा छैन’ शीर्षकमा र सोही दिन पश्चिम टुडे डटकम अनलाईन न्यूज पोर्टलमा ‘धनगढीको उज्यालो ः भ्रम र वास्तविकता भाग २’ शीर्षकमा समाचार लेखेका थिए ।
लेखमा विकासका नाममा मुआब्जा बिना नै विस्थापित भएका र हमालको नीति र प्रतिशोधबाट प्रभावितहरुको पीडा र समस्याको उठान गरिएको थियो ।
‘धनगढीको उज्यालो ः भ्रम र वास्तविकता’ को दुई भाग प्रकाशित भएपछि हमालका समर्थकहरुले सामाजिक सञ्जाल र व्यक्तिगत रुपमा धम्क्याएको भन्दै पत्रकार उपाध्यायले सुरक्षाको माग गर्दै नेपाल पत्रकार महासंघ कैलाली, सुदूर पश्चिम प्रदेश समिति र केन्द्रीय समितिमा निवेदन दिएका थिए ।
उपाध्यायले लेखमार्फत उठाईएका जनताका आवाजलाई सम्बोधन गर्नुको साटो आफूले नबोलेको र आफू संलग्न नभएको विषय उठाएर हमाल पञ्छिएको भन्दै आपत्ती जनाए ।
उपाध्यायले हमाललाई आरोप प्रमाणित गर्न चुनौती दिए ।

TOP