केबुलकार विवाद: फुङलिङमा झडपपछि १५ जना पक्राउ

काठमाडौँ । ताप्लेजुङको फुङलिङमा शनिबार राति भएको झडपपछि प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ।
उछृङ्खल गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता विवेक बस्नेतले जानकारी दिए।
राँके जुलुस निकाल्ने क्रममा शनिबार राति प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ११ जना घाइते भएका छन्। पदयात्रा सकेपछि ताप्लेजुङको फुङलिङ बजारस्थित वीरेन्द्र चोकमा कोणसभा गर्ने भनिए पनि प्रदर्शनकारीले एकाएक राँके जुलुस निकालेर सर्बसाधारणको घरमा छिरेपछि झडप भएको प्रहरीले जनाएको छ।
राँके जुलुस निकाल्ने क्रममा सर्वसाधारणको घर घरमा राँको लिएर प्रदर्शनकारी छिर्न थालेपछि अवस्था बिग्रिएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले जानकारी दिइन्।
‘