Trending

बढ्ता बोल्न पाइदैन भन्दै बैठकमा माधव नेपाल झोक्किँएपछि…

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको पूर्ण बैठक दुई दिनदेखि ललितपुरमा जारी छ। स्टाफ कलेजमा जारी बैठकमा केन्द्रीय समिति सदस्यहरूले बोल्ने क्रम जारी छ।

शनिबार जब केन्द्रीय सदस्य आरती लामाले बोल्ने पालो आयो, बैठकको माहोल नै असहज बन्न पुग्यो। आरतीले भर्खरै पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) का विषयमा कुरा उठाएकी थिइन्। उक्त अपानिमार्फत दोहोरो जिम्मेवारी नहुने भन्दै अनेरास्ववियु र युवा संघको नेतृत्व हटाइएको थियो।

आरती अनेरास्ववियुकी अध्यक्ष थिइन्। नेपालले अपानिबाटै उनलाई हटाएर महेश श्रेष्ठलाई अध्यक्ष बनाएको जानकारी प्रवाह गरेका थिए। युवा संघको अध्यक्षबाट कृष्ण विकलाई हटाए पनि नयाँ नेतृत्व भने तोकिएको छैन।

‘यसमा म प्रश्न गर्न चाहन्छु, किन यसरी माथिबाट नेतृत्व परिवर्तन गरियोरु एक शब्द नसोधी किन हटाइयोरु’ आरतीले भनिन्।उनले यति के भनेकी थिइन्, मञ्चमा रहेका पार्टी अध्यक्ष माधव नेपाल एकाएक झोँक्किए। 

‘अपानिका विषयमा यहाँ प्रश्न गर्न पाइँदैन, अरु कुरा गर्नुहोस,’ नेपालले भने। आरती आफ्नो भनाइलाई पुष्ट्याइँका निम्ति थप तर्क गर्न खोज्दै थिइन्। तर, नेपालले उनलाई बोल्नै दिएनन्। यति मात्र होइन, ‘बढ्ता बोल्ने ?’ भन्दै मञ्चबाट उठेर तल झर्न खोजे।

माधव नेपालको आक्रोशको पारो नियन्त्रण नभएपछि महासचिव घनश्याम भुसालले रोक्न खोजे। भुसालले नै नेपाललाई तल झर्नबाट रोके। सम्मानित नेता झलनाथ खनालले पनि शान्त पार्न खोजे।

TOP