Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

भावनाका छालहरु…

थियो सीमित जहाँ पार गरेसी भावनाले
कसको के लाग्छ र पार गरेसी भावनाले

म त बल्ल बामे सार्दै थिए अलि अलि
आकाशमा उडाई भुइँमा पछारेपछि भावनाले

सपनाहरू बुनेको थिएँ आँसुमा भिजाएर
बग्यो ती सबै सार गरेसी भावनाले

तिम्रो यादहरू गहिरिएर बसेका थिए
उडायो ती बेमौसमे झार गरेसी भावनाले

म त केवल मौन थिएँ सम्झनाको चौघेरोमा
सबै तहसनहस संसार गरेसी भावनाले

सम्हाल्न खोज्दा अझै छटपटिन्छ यो मन
झनै गहिरो बनायो वार गरेसी भावनाले

चिन्जेल त हाँसेरै जिउने सोच राखेथें
टुटायो ती सपनाको धार गरेसी भावनाले

अल्झिएर कहिल्यै नथामिएला जस्तो भो
मनको त पर्खालै वारपार गरेसी भावनाले

थियो सीमित जहाँ पार गरेसी भावनाले
कसको के लाग्छ र पार गरेसी भावनाले

– रोहित खड्का

TOP