बस दुर्घटनामा ११ जना घाइते

काठमाडौं । नारायणघाट सडक बिस्तारको क्रममा खनिएको खाडलमा बस खस्दा ११ जना घाइते भएका छन्। नवलपुरको देवचुली– ११ दलदलेमा गएराति बुटवलबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बस दुर्घटना हुँदा बसमा सवार २१ जनामध्ये ११ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको देव अस्पताल भरतपुरमा र ५ जनाको देवचुली अस्पताल दलदलेमा उपचार भइरहेको छ ।
भरतपुर उपचारका लागि पठाइएका ६ जनाको अवस्था मध्यम रहेको र बाँकी ५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बस चालक प्रहरी नियन्त्रणमा छन् ।