Trending

सुनको मूल्य लगातार वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबारदेखि लगातार बढिरहेको छ। यस क्रममा बुधबारभन्दा आज (बिहीबार) सुन तोलामा ५ सय रुपैयाँ बढेको छ। 

बुधबार १ लाख ७० हजार ५०० मा किनबेच भएको प्रतितोला सुनको मूल्य आज १ लाख ७१ हजार निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार सुन प्रतितोला ७०० रुपैयाँ बढेको थियो भने बुधबार झन् धेरै १ हजार १ सय रुपैयाँ बढेर तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँ पुगेको थियो। यसमा आज ५ सय थपिएको हो। 

चाँदीको मूल्य पनि बुधबारको तुलनामा बिहीबार सामान्य वृद्धि भएको छ।  बुधबार १ हजार ९८५ मा कारोबार भएको चाँदी आज तोलाको १ हजार ९९५ रुपैयाँमा काराेबार भइरहेको सुनचाँदी व्यवसायी महास‌ंघले जानकारी दिएको छ।

TOP