राष्ट्र जोगाउन राजा फर्काउने समय आएको हो ?

काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सवैको मन छुने शन्देश दिएका छन् । आफूहरुले राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेको तर, जनताको अवस्था नफेरिएको भन्दै उनले अब राष्ट्र जोगाउने समय आएको बताएका हुन् ।
अब नेपालको उन्नतिको लागि हामीबाट अरू के, के त्याग गर्नुपर्ने हो हामी तयार छौँ। ‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिको लागि हामीबाट अरू के, के त्याग गर्नुपर्ने हो हामी तयार छौँ। होइन भने अब समय आयो। राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको संमृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीलाई आह्वान गर्दछौँ।’, शाहले भिडियो सन्देशमार्फत भनेका छन् । पूर्वराजा शाहले राजनीतिक दलहरूलाई राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न चेतावनी दिएका छन् । शाहको यो सन्देशप
छि फेरि राजनीतिक दलमाथि प्रश्न उठेको छ । त्यस्तै के अब फेरि राजा फर्काउने समय आएको हो भन्ने टिकाटिप्पणी भइरहेका छन् । नेपालमा राजतन्त्रको अन्त्य भएको झन्डै १७ वर्ष भइसक्यो । तर, देश र जनताको अवस्था फेरिएको छैन ।
समयअनुसार केही विकास भएपनि जति हुनुपर्ने हो त्यति विकास भएको छैन । राजनीतिक दल केबल सत्ताको कुर्सीका लागि र आफ्नो भुडी भर्नमा व्यस्त छन् । जनताको हालत भने बेहाल छ । देशमा रोजगारीको अवस्था छैन । हजारौँ युवा खाडीमा पसिना बगाइरहेका छन् । प्राविधिक शिक्षा पढ्नको लागि कलेज छैन ।
आफ्नै देशमा पढ्नको लागि कलेज नभएपछि भारत पुगेकी प्रकृति लम्सालले अपमानित भएर ज्यान गुमाउनु परेको छ । तर, राजनीतिक दललाई कुनै चासो छैन । अब के फेरि राष्ट्र जोगाउनको लागि राजा फर्काउने समय आएको हो ? या त लोकतन्त्रमा नेताहरुलाई पौडी खेलिरहन दिने हो ?