लिटिल बुद्ध : रामबहादुर बमजन फेरि चर्चामा

काठमाडौँ । लिटिल बुद्धका नामले चिनिने रामबहादुर बमजन फेरि चर्चामा आएका छन् । यौन हिंसा, हत्या र मानिसहरू बेपत्ता पारेका लगायतका विभिन्न आरोपमा पक्राउ परि जेलको हावा खाइरहेका बमजनमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ । सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि फेरि बमजनको चर्चा हुन थालेको हो ।
बाराको एउटा एकान्त वनमा एक ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेका कलिला रामबहादुर बमजनले सन् २००५ मा एकाएक चर्चा बटुले । बमजनले कलिलो उमेरमै ध्यानमा मग्न भएर सबैलाई आश्चर्यचकित बनाए । सन् २००५ मा बीबीसीसँगको कुराकानीमा उनका परिवार, साथीभाइ र अनुयायीले बमजन छ महिनासम्म पानी पनि नपिएर ध्यानमा लीन भएको र बुद्धत्व प्राप्त नहुँदासम्म उनी ध्यानमै रहने दाबी गरेका थिए।
त्यसपछि भने नेपालमा अर्को बुद्धको जन्म भयो भन्दै संसार भर चर्चा हुन थाल्यो । संसार भर चर्चा हुन थालेपछि बमजनलाई एकाएक विलासी जिवन जिउने मन लाग्यो, र विलासी जिवन जिउनतर्फ लागे । यौन हिंसा, हत्या र मानिसहरू बेपत्ता पारेका आरोप लागेपछि बमजन केही बर्ष लुकेर बसे । तर, २०८० पुष २ गते भने उनलाई प्रहरीले पक्राउ गर्यो ।
बमजनको घरमा खानतलासी गर्दा तीन करोड तीन लाख नेपाली रुपैयाँ तथा झन्डै ३०।९२ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको थियो । प्रहरीका अनुसार उनीबाट बरामद विदेशी मुद्रा १७ देशका हुन्। जसअनुसार बमजनमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ ।