Trending

प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गत् प्रतिनिधि र राष्ट्रिय सभाको बैठक आज बस्दै छ । मंगलवार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० पेश गर्ने छन् । 

यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 
यसैगरी उनले विद्युतीय व्यापार (इ–कमर्श) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

यसैगरी, दिउँसो १ः१५ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ । आज बैठकमा प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०(८१ को ६५ औँ वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।  

यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

TOP