Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

लस एंजलसमा बृहत कार्यक्रम आयोजना गरिदैँ

अमेरिका । नेपाल अमेरिका एकता समाज र ८८४८ इन्टरटेनमेन्ट को आयोजनामा मार्च २ तारिखका दिन अन्तरक्रिया कार्यक्रम गरिने भएको छ ।

अमेरिकाको लस एंजलस, क्यालिफोर्निया स्थित श्री पशुपतिनाथ एण्ड बुद्ध मन्दिरमा आयोजित कार्यक्रममा इमिग्रेशन लयर यज्ञ नेपाल, सीईओ एबीएसई ट्याक्सका राजेन्द्र शिवाकोटी र रिटेलर–इञ्जिनियर रिशव पौडलसँग अन्तरक्रिया गर्न लागिएको हो ।

त्यस क्षेत्रमा नेपालीहरुले भोग्दै आएको विभिन्न समस्या र हाल ट्रम्प सरकारमा देखिएको परिवर्तन को सवालहरुका बारेमा कार्यक्रममा अन्तरक्रिया गरिने नेपाल अमेरिका एकता समाजका अध्यक्ष अर्जुन पौडेलले बताए ।

कानूनी, वित्तीय र घरजग्गा मामिलाहरू जस्ता महत्वपूर्ण विषयमा छलफल हुने कार्यक्रममा उपस्थितिका लागि आयोजक संस्थाले निमन्त्रणा गरेका छन् ।

TOP