Trending

आज नेपाल र कीर्गिस्तानबीच ६ वर्षपछि भिडन्त हुदैँ

काठमाडौं । सोमबारदेखि काठमाडौंमा सुरू हुने इन्टरनेशनल वुमन्स च्याम्पियनसिप फुटबलमा नेपालले कीर्गिस्तानसँग आफ्नो पहिलो खेल खेल्दैछ ।

नेपाल र कीर्गिस्तान अन्तर्राष्ट्रिय महिला फुटबलमा ६ वर्षपछि खेल्न लागेका हुन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरू हुनेछ । त्यसअघि प्रतियोगितामा सहभागी अन्य दुई टिम म्यानमार र लेबनानबीच दिउँसो २ बजे पहिलो खेल हुनेछ ।

नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले कीर्गिस्तानसँग ६ वर्षअघि खेले पनि अहिलेको टिम फरक रहेको बताए । प्रशिक्षक तामाङले कीर्गिस्तानविरूद्ध राम्रो योजना बनाएर खेल्ने र जितका लागि खेल्ने बताएका छन् ।

TOP