नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १५ को मृत्यु

काठमाडौँ। नयाँ दिल्ली रेलवे स्टेशनमा शनिबार साँझ भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ । फायर डिपार्टमेन्टका अधिकारीहरूका अनुसार भागदौड हुँदा मृत्यु भएको हो।
घाइतेहरूलाई दिल्लीको लोक नायक अस्पतालमा लगिएको भारतीय सञ्चारमाध्यम द इन्डियन टाइम्सले जनाएको छ। मृतक र घाइतेको अन्तिम नामावली संकलन गरी पछि जारी गरिने जनाइएको छ।