इन्ट्रा फाउन्डेसनका संचालक दिल्ली अधिकारी विरुद्ध अमेरिकी अदालतले सुनायाे फैसला

अमेरिकामा विभिन्न व्यवसायमा संलग्न मेरो डान्स यूनिभर्स र मेरो भोइस यूनिभर्सका संचालक डिल्ली अधिकारी विरुद्ध अमेरिकी अदालतले श्रम ऐन उल्लंघन गरेको आरोपमा फैसला सुनाएको छ । ओहायोको एक संघीय न्यायाधीशले अमेरिकेयर हेल्थकेयर सर्भिसेज एलएलसी र संचालक दिल्ली अधिकारी विरुद्ध अमेरिकी श्रम विभाग (डीओएल) को पक्षमा फैसला सुनाएका हो । अमेरिकेयर हेल्थकेयर सर्भिसेजले हाम केएर सहायकहरूलाई ओवरटाइम तलब नदिएर न्यायपूर्ण श्रम मानक ऐन (एफएलएसए) उल्लंघन गरेको आरोप लगाइएको थियो। अदालतले कम्पनीलाई तलब र क्षतिपूर्ति गरी जम्मा १५ मिलियन डलर तिर्न आदेश दिएको छ।
न्यायाधीश एडमंड ए. सार्गसले गत बिहीबार डीओएलले अक्टोबर २०२१ मा दायर गरेको मुद्दामा यो फैसला सुनाएका हुन् । त्यस्तै संचालक अधिकारीले वकीलहरूबाट कानूनी सल्लाह लिएका थिए जसमा होम केएर सहायकहरूलाई ओवरटाइम तलब दिनु आवश्यक छैन भनिएको थियो । तर उनले यो दाबी समर्थन गर्ने कुनै प्रमाण वा वकीलहरूको नाम उल्लेख गर्न सकेनन्। अधिकारीले विरोधाभासी कानूनी सल्लाह पाएका बुझिएको छ ।
यो मुद्दा २०१८ मा पेन्सिल्भेनिया श्रम विभागले अधिकारीको अर्को एजेन्सीको तलब भुक्तानीको अनुसन्धान गरेको बेला सुरु भएको हो। ताेकिएको तलबको लागि एक सामूहिक मुद्दा दायर भएपछि एजेन्सीले ओवरटाइम तलब दिन थालेको थियो। २०१९ मा अमेरिकेयरले आफ्नो नीतिमा परिवर्तन गरेपनि, डीओएलले दाबी गरे अनुसार कम्पनीले सहायकहरूको प्रति घण्टा दरलाई काम गरेको घण्टा अनुसार घटाएर र कम दरमा ओवरटाइम तिरेर कानून उल्लंघन गरेकाे हाे ।
नेपाली भाषी भुटानी डिल्ली अधिकारी सामाजिक अभियन्ताका साथै सफल व्यवसायी हुन् । उनी थुप्रै संघ/ संस्थामा आबद्ध छन् । उनले इन्ट्रा फाउन्डेसन मार्फत मेरो डान्स यूनिभर्स र मेरो भोइस यूनिभर्सकाे पहिलाे सिजन सफलता पूर्वक संचालन गरिसकेका छन् ।