Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

संकटमा पनि नझुक्ने ओली, मधेसी दलको प्रयोगमा सरकार ढाल्ने खेलमा भारत

काठमाडौँ । संकटमा पनि नझुक्ने प्रघानमन्त्री केपी शर्मा ओलीको बानीले बालुवाटारबाट बालकोटको यात्रा तय हुने भएको छ । भूमी अध्यादेश कांग्रेसलाई नसोधि ल्याएपछि ओलीसँग कांग्रेसका सभापति शेरबहादुर देउवा निकै चिडिएका छन् ।

देउवाको इसारामा चल्ने लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले समेत सरकार छाड्ने धम्की दिएका छन् । ठाकुरलाई धम्की दिन लगाउनेमा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हात रहेको अनुमान गरिएको छ ।

किन की महन्थ ठाकुर भनेका देउवाको दाइने हात हुन् । देउवाले उठ भने उठ्ने, बस भने बस्ने वाला हुन महन्थ । तर, यीनै महन्थलाई प्रधानमन्त्री ओलीले भूमी अध्यादेशको पक्षमा उभिन आग्रह गरेपछि म त सरकार छाड्छु भन्दै घुर्की लगाइरहेका छन् ।

अर्कोतर्फ ओली प्रधानमन्त्री बनेको भारतलाई फिटिक्कै मन परेको छैन । भारतले पनि मधेसी दललाई प्रयोग गरेर सरकार ढाल्ने खेल खेलिरहेको छ । अर्को मधेसी दल जनता समाजवादी पार्टी, नेपालले पनि यस अध्यादेशलाई स्वीकार गर्न नसकिने बताएको छ। यसको पछाडी भारतको हात रहेको टिकाटिप्पणी भइरहेका छन् । तर, ओलीको अडान के छ की सरकार ढले ढलोस् आफू भने कुनै पनि हालतमा झुक्दैँन । यो ओलीको स्वभाव नै हो ।

ओली नत दुश्मनसँग झुक्छन् नत आफ्नासँग । तर, ओलीको यो बानीले यस पटक भने आफ्नै लागि भारि हुने देखिन्छ । गत असार २८ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै प्रधानमन्त्री बनेका ओली अब भने बालकोट पुग्ने लगभग पक्कापक्की नै जस्तो छ । अब पनि ओली नझुके सरकार ढल्ने निश्चित नै हो ।

खटपटका कारण अध्यादेश पारितका लागि संसद्का दुवै सदनमा निर्णयार्थ पेस गरिएको छैन। प्रतिनिधिसभामा‍ सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको स्पष्ट बहुमत छ। तर, राष्ट्रियसभामा जसपा नेपाल निर्णायक छ। अब हेर्न बाँकी यो मात्रै छ की ओली अध्यादेश फिर्ता लिन्छन् या सरकार ढल्न दिन्छन् ?

TOP