Trending

भारतलाई ठुलो झट्का, च्याम्पियन्स ट्रफीबाट बुमराहले नाम फिर्ता लिए

काठमाडौँ। भारतका तीव्र गतिका बलर जसप्रीत बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन्। बुमराह चोटका कारण च्याम्पियन्स ट्रफीबाट बाहिरिएका हुन्।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अनुसार ढाडको चोट बल्झिएपछि बुमराहले च्याम्पियन्स ट्रफीबाट नाम फिर्ता लिएका हुन्। बुमराहले प्रतियोगिता गुमाउने भएपछि उनको स्थानमा हर्षित राणालाई टोलीमा समावेश गरिएको छ।

बुमराहसँगै यशस्वी जैसवालले पनि च्याम्पियन्स ट्रफी गुमाउने भएका छन्। उनको स्थानमा वरुण चक्रवर्तीलाई भारतीय टोलीमा समावेश गरिएको छ। यशस्वीलाई रिजर्भ खेलाडीका रुपमा समावेश गरिएको छ। उनीसँगै मोहमद सिराज र शिवम दुबे पनि रिजर्भ खेलाडीमा परेका छन्।

बीसीसीआईले सार्वजनिक गरेको भारतीय टोलीमा रोहित शर्मा कप्तान, विराट कोहली, शुभमन गिल ९उपकप्तान०, श्रेयस एयेर, केएल राहुल, हार्दिक पान्ड्या, ऋषभ पन्त अक्सर पटेल, वासिङ्टन सुन्दर, कुलदीप यादव, हर्षित राणा, मोहमद सामी, अर्शदीप सिंह, रवीन्द्र जडेजा र वरुण चक्रवर्ती छन्। यस्तै रिजर्भ खेलाडीमा मोहमद सिराज, यशस्वी जैसवाल र शिवम दुबेलाई समावेश गरिएको छ। उनीहरू पनि टोलीसँगै रहने छन्।

पाकिस्तानमा आयोजना हुने च्याम्पियन्स ट्रफीमा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। भारत समूह ‘ए’ मा छ। यस समूहमा भारत, न्युजिल्यान्ड, बंगलादेश र पाकिस्तान छन्। भारतले फेब्रुअरी २० मा बंगलदेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यसैगरी फेबु्रअरी २३ मा पाकिस्तान र मार्च २ मा न्युजिल्यान्डको सामना गर्नेछ। यस्तै समूह ‘बी’मा अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान छन्।

TOP