Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या

काठमाडौँ । रुकुम पूर्वमा आठ महिने नाबालकसहित दुई जनाको हत्या भएको छ।

भूमे गाउँपालिका-४ को साकिम भन्ने ठाउँमा मंगलबार आठ महिने नाबालकसहित दुई जनाको हत्या भएको अवस्थामा शव फेला परेको हो। 

घटनास्थलबाट केही पर हत्या आरोपीको पनि शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी इन्सपेक्टर हिमबहादुर केसीले जानकारी दिए। 

हिजो दिउँसो ३ बजेतिर भूमे गाउँपालिका–४ को साकिम निवासी ६० वर्षीया ढाँटी बुढा र उनका ८ महिने नाती समिरको हत्या भएको हो। सोही ठाउँका ५१ वर्षीय चन्द्रसिंह पुनले उनीहरूको हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन्। 

‘घर नजिकै बाटोमा सामान्य विवादको क्रममा पुनले हजुरआमा र नातीलाई एकसाथ धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन्,’ इन्सपेक्टर केसीले भने, ‘उनीहरुको हत्यापछि भाग्ने क्रममा आरोपी पुनको पनि भिरबाट खसेर मृत्यु भएको अवस्थामा शव फेला परेको छ। हामी घटनाको थप अनुसन्धान गर्दैछौँ।’ 

पुनको शव भिरबाट करिब २५ मिटर तल खुलखुले खोलामा खसेको अवस्थामा फेला परेको उनले बताए।

TOP