Trending

विष्णुप्रति एलिनाको प्रेम अझै उस्तै छ…

प्रिय बिष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्।
तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्।
तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्।
हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ।
तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ।
भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ।
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ।
यो रहरले होईन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ।
आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।
पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु। तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु ।

यी सब्दहरुले कस्को मन छुँदैन होला र ? कानुनी रुपमा सम्बन्ध सकिएसँगै विष्णु सापकोटालाई एलिनाले लेखेका यी सब्दहरुले धेरै कुरा बोलेको छ । अग्निलाई साक्षि राखेर सात फेरा लगाएर जोडेको सम्बन्ध अन्त्य गर्ने रहर कसैलाई हुँदैन । तर एलिनाका लागि त्यो परिस्थिति रहेन् । उनले विहेगरेको एक वर्ष पनि नपुग्दै आफ्नो बैवाहिक सम्बन्ध अन्त्य गर्नु पर्यो । विष्णुले एलिनाको चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँने साथै मानसिक कष्ट दिएकाले वैवाहिक सम्बन्धको अन्य गर्नु परेको जिल्ला अदालत काठमाडौंमा दायर गरेको निवेदनमा उल्लेख गरेकि छिन् । पतिसँग भावनात्मक रुपमा सम्बन्ध सुमधुर कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पति–पत्नीको सम्बन्धमा रहनुर बस्नुभन्दा सम्बन्धविच्छेद गरी स्वतन्त्र भइ आ–आफ्नो जीवन बिताउन श्रेयष्कर लागेको एलिनाको जिकिर छ । अन्ततः आज अंश तथा माना चामल नलिने गरी उनीहरुको सम्बन्धविच्छेद भएको छ । गत वैशाख ५ गते विष्णु सापकोटासँग धुमधामले विवाह गरेकि एलिना केहि समय पति विष्णुसँग अष्ट्रेलियामै बसेर नेपाल फर्किएकि हुन् । एलिनाको मेला महोत्सव देखि सांगितिक क्षेत्रमा राम्रै क्रेज छ । उनका गितहरु यूट्युवको ट्रेन्डिङमा पर्छन् । त्यस्तै गीतकार समेत रहेका विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् । यी दुवै हाम्रो तर्फ बाकि जिवनको शुभकामना ।

TOP