Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

ओलीले देश चलाइरहँदा भ्रष्टाचार व्याप्त हुने सूचीमा नेपाल एकस्थान माथि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाइरहँदा भ्रष्टाचार व्याप्त हुने सूचीमा नेपाल एकस्थान माथि उक्लिएको छ ।

राजनीतिक दलका शीर्ष नेताहरु मध्ये सबै भन्दा बढी भ्रष्टाचार नियन्त्रण गर्छु भन्नेमा ओली पर्दछन् । तर, यीनै ओली प्रधानमन्त्री हुदाँ देशभर भ्रष्टाचार झन झन मौलाइरहेको पुष्टि भएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) को प्रतिवेदनले नेपाल थप भ्रष्ट देश बनेको देखाएको हो । यसअघि ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचांकमा नेपाल ३५ औँ स्थानमा थियो भने थप भ्रष्ट बन्दै ३४ औँ स्थानमा आइपुगेको छ ।

भ्रष्टाचार अवधारणा सूचांक २०२४ मा नेपालले १०० मा ३४ अङ्क प्राप्त गरेको छ । सो नतिजाले भ्रष्टाचार अझ प्रभावकारी रूपले बढ्दै गएको देखाएको छ ।

१८० देश सम्मिलित यस सूचांकमा डेनमार्क विगत ७ वर्षदेखि लगातार ९० अङ्क प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको रूपमा रहेको छ । मुलुकको आर्थिक अवस्था जर्जर छ। तर, भ्रष्टाचार भने मौलाउँदो छ। १० वर्षयता मुलुकमा भ्रष्टाचार नियन्त्रणमा कुनै सुधार हुन सकेको छैन।

लोकतन्त्रमा पौडी खेलिरहेका नेताहरु भने भ्रष्टाचार नियन्त्रण गरिरहेका छौँ भन्दै चिल्ला भाषण ठोक्छन् । तर, देशमा झन झन भ्रष्टाचार मौलाउदै गइरहेको छ । जहाँत्यहि भ्रष्टाचार छ । अनि कसरी नेपाल विकासको गतीमा अगाडि बढ्छ ? नेताहरुले कालो धन लुकाएर विदेशमा थुपार्ने गर्छन । जसको कारण नेपाल गरिब देश र भ्रष्ट देशको सूचिबाट कहिल्यै छुटकरा नपाउने भएको छ ।

TOP