कांग्रेसमा देउवा बुढो बाघ, सभापति र प्रधानमन्त्री को बन्ला ?

७८ वर्षीया शेरबहादुर देउवा नेपाली राजनीतिका नम्बर वान चतुर खेलाडी हुन् । शुदुरपश्चिमको डडेल्धुराबाट काठमाडौँ छिरेर नेपाल राजनीतिकका हिरो बनेका देउवा पछिल्लो समय भने शारीरिक र राजनीतिक दुबै रुपले कमजोर बनेका छन् । उनी सोभा सेटमा बसेपछि उठ्न सक्दैनन । उनका सहयोगिले हात समाएर उठाउनु पर्छ । यता राजीतिनतर्फ पनि अब उनको विकल्प हेर्न थालिएको छ । अब कांग्रेसको सभापतिका लागि तिन जना अघि सरेका छन् । ती तिन जनाको नाम हो, शेखर कोइराला, गगन थापा र देउवा पत्नि आरजु राणा ।
यसैबीच कांग्रेस नेतृ सुजाता कोइरालाले अहिलेका सभापति देउवाको कुनै विचार नै नभएको र पूर्णरूपमा असफल भएको टिप्पणी गरेकी छिन् । सुजाता गिरिजाकी पुत्री सुजताले अब अब कांग्रेसको सभापति र प्रधानमन्त्री शेखर कोइराला हुने भन्दै घोषणा नै गरिन । तर, देउवा बुढो बाघ हुन् भने, शेरख कोइरला देउवाको सामु केही पनि होइनन् । कोइराला परिवारबाट कांग्रेसको नेतृत्व हातमा ल्याउन सफल भएका एक मात्र पात्र हुन् देउवा । एमाले कांग्रेसको हालको समिकरण तलमाथि नभए देउवा छैटौँ पटक प्रधानमन्त्री बन्ने पक्का नै हो । कांग्रेसको सभापतिका लागि भने देउवाले जसलाई समर्थन गर्यो त्यही व्यक्ति सभापति हुने सम्भावना उच्च छ । उस्तै परे देउवाले गगनलाई सभापतिमा समर्थन गर्न पनि सक्छन् । यता गगन थापा त्यहि भएर देउवाको विरुद्धमा मुख खोल्दैँनन् । तपाईहरुको बिचारमा अब कांग्रेसको सभापति को बन्ला त ?