गिरिबन्धु प्रकरण : प्रधानमन्त्री ओलीविरुद्ध बोलन सर्वोच्च पुगे, जेल पर्ने सम्भावना कति ?

प्रधानमन्त्री केपी शर्मा ओली पनि जेल पर्न सक्छन् ? अहिले यो प्रश्न व्यापक रुपमा खडा भएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बोलन शाह गिरिबन्धुको जग्गा प्रकरणमा ओलीबरुद्ध सर्वोच्च पुगेका हुन् । बालेन आफै सर्वोच्च नपुगे पनि आफ्ना कानूनी सल्लाहकारमार्फत ओली विरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका छन् । गिरीबन्धु टी स्टेट्ससम्बन्धी फैसला कार्यान्वयन नगरेर अदालतको अवहेलना गरेकाले ओलीलाई प्रधानमन्त्रीको पदबाट हटाएर कारबाही गर्नुपर्ने मागसहित बालेनका कानुनि सल्लाहकार ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका हुन् । गिरीबन्धु जग्गा प्रकरणमा ओली मुछिएका छन् । केही महिना अगाडि मात्रै मेयर बालेनले गिरीबन्धु प्रकरणमा ओली मुछिएको पोल खोलेका थिए । आफ्नो फेसबुक मार्फर्त ओलीले के कसरी गिरीबन्धुको जग्गा घोटला गरेका थिए ? भन्ने बारे पुरै जानकारी दिएका थिए । त्यसपछि२४ माघ २०८० मा सर्वोच्च अदालतको संवैधानिक इजलासले गिरीबन्धु सम्बन्धी मुद्दाको फैसला गरेको थियो । त्यतिबेला सर्वोच्च अदालतले जग्गासँग सम्बन्धित तीनवटा आदेश जारी गरेको थियो ।
पहिलो, सर्वोच्चले त्यतिबेला हदबन्दी छुटमा दिइएको जग्गाको उपयोगको अवस्था पत्ता लगाउनु भनेको थियो । अनि खाली राखिएको अवस्थाको जग्गा पहिचान गर्नु भनेको थियो । दोस्रो, प्रयोग नभएको वा अन्य प्रयोजनमा उपयोग भएको जग्गा तत्काल सरकारको नाममा ल्याउन भनी आदेश गरेको थियो । तेस्रो, हदबन्दीभन्दा बढी देखिएको र चिया उद्योगको नाममा उपयोग नभएको गिरीबन्धुको जग्गा सरकारको नाममा ल्याउनु भनी आदेश दिएको थियो । तर,अहिलेसम्म फैसला कार्यान्वयन भएको छैन । उल्टै गिरीबन्धु प्रकरण सत्ताको आडमा सामसुम पार्न खोजिएको छ । यदि निवेदकको रिट दावी पुगेको खण्डमा सर्वोच्चले ओलीमाथि कारबाहीको आदेश सुनाउन पनि सक्ने देखिएकाे छ ।